प्यूठान । जिल्लामा पाँच वटा मतदान स्थल थप भएका छन् । मतदातालाई मतदान गर्न पाएक नपरेका स्थानमा मतदान स्थल थप गरिएको छ ।
मल्लरानी गाउँपालिकाको २ नम्वर वडा कार्यालय कुँडारा, प्युठान नगरपालिका-८ जनता मावि बाग्दुला, स्वर्गद्वारी नगरपालिका-३ स्थित स्वर्गद्धारी नेरा आधारभुत विद्यालय, स्वर्गद्वारी नगरपालिका-७ स्थित ज्ञानप्रकाश आधारभुत विद्यालय सल्लेरीखर्क, नौबहिनी गाउँपालिका-१ को सुर्यज्योती प्रावि चौतारामा मतदान स्थल थप गरिएको हो ।
त्यसैगरि गौमुखी गाउँपालिकाको भानु प्रावि दशमुरेको मतदान स्थल खारेज भएर गौमुखी गाउँपालिका-५ स्थित खाल सामुदायिक स्वास्थ्य इकाईमा मतदान स्थल थप भएको हो । जिल्लाबाट पठाएको सिफारिस अनुसार मतदान केन्द्र र स्थल थपघट भएको निर्वाचन कार्यालय प्युठानले जनाएको छ । जिल्लामा एक सय ५६ मतदान स्थल र दुई सय २३ मतदान केन्द्र भएका छन् ।
जिल्लामा आगामी हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि मतदाता समेत थपिएका छन् । स्थानीय तह निर्वाचन २०७९ को भन्दा थप चार सय १४ जना मतदाता थप भएको जिल्ला निर्वाचन अधिकारी देविराम पाठकले जानकारी दिनुभयो । अहिले एक लाख ५९ हजार ७६० मतदाता पुगेका छन् । जसमा एक जना अन्य, ८१ हजार नौ सय ९० महिला र ७७ हजार ७६९ पुरुष मतदाता रहेका छन् ।
“स्थानीय तहको निर्वाचनपछि दुई हजार दुई सय २२ जनाको मतदाता नामावली थप भएको थियो, जिल्ला निर्वाचन अधिकारी पाठकले भन्नुभयो, “मृत्यु भएका, दोहोरिएका मतदाताको नाम हटाइएको हो ।”