प्यूठान । प्रेस चौतारी नेपाल प्यूठानको आठौं जिल्ला अधिवेशनले बासुदेव गिरीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा रामबहादुर विश्वकर्मा, उपाध्यक्ष (महिला) सीता वि.क., सचिव बोमबहादुर परियार, सह–सचिव भुवन के.सी., सह–सचिव (समावेशी) तेजेन्द्र वि.एम. र कोषाध्यक्ष हेमन्त पाठक रहनुभएको छ । त्यस्तै सदस्यहरुमा दिपेन्द्र सुनार, केदार थापा, जमुना थापा मगर, गोपाल रेग्मी लगायत रहनुभएको छ ।
बिहिवार शहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठान विजुवारको सभाहलमा भएको अधिवेशनको उद्घाटन प्रतिनिधि सभा सदस्य सूर्य थापाले गर्नुभएको थियो ।
