> समाज > १९ सय बढीले लगाए कोरोना विरुद्धको खोप


१९ सय बढीले लगाए कोरोना विरुद्धको खोप

प्यूठान, ७ फागुन । प्यूठानमा कोभिड-१९ संक्रमण विरुद्धको दोस्रो चरणको खोप एक हजार नौ सय ७९ जनाले लगाएका छन् ।

सरकारले दोस्रो चरणमा सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनीधि तथा कर्मचारीका साथै प्रहरीलाई खोप दिने व्यवस्था गरेको थियो । सोहीअनुसार प्युठानमा फागुन २ गतेदेखी दोस्रो चरणको खोप सुरु भएको थियो । जसअन्तर्गत दोस्रो चरणमा आजसम्म प्यूठानमा एकहजार नौ सय ७९ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।

 

दोस्रो चरणमा सबैभन्दा बढी निजामती कर्मचारीले कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाएका छन् । जिल्लाका ३ सय ५७ जना निजामती कर्मचारीहरुले खोप लगाएका हुन् । त्यस्तै स्थानीय तहका कर्मचारी ३ सय २७ , बैकं तथा वित्तिय संस्थाका कर्मचारी २ सय ६८ जना, शव व्यवस्थापन तथा अन्य सुरक्षाकर्मी २ सय ६० जना, २ सय २७ जना जनप्रतिनीधि, २ सय ५ जना जनपथ प्रहरी, १ सय ३५ जना प्राधकिरण र संस्थानका कर्मचारी, ६३ जना शसस्त्र प्रहरी, ५५ जना पत्रकार, २२ जना न्याय सेवा समुहका कर्मचारी, ९ जना म.स्वा.स्व.से, ३ जना स्वास्थ्य संस्थाका अन्य कर्मचारी र १ जना एम्वुलेन्स र सववहान चालकले खोप लगाएको स्वास्थ्य प्रमुख सुवेदीले जानकारी दिनुभयो । पहिलो चरणमा छुट भएका ४७ जना स्वास्थ्यकर्मीहरुले पनि दोस्रो चरणमा खोप लगाएको उहाँको भनाई छ ।

 

त्यस्तै प्यूठानमा पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, एम्वुलेन्स चालक, स्वयमसेविका लगायत गरी एक हजार एक सय ३४ जनाले कोभिड १९ संक्रमण विरुद्धको खोप लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *