प्यूठान, १० मंसिर । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य बालाजु श्रेष्ठको स्काभेटरमा अज्ञात समुहले आगजनी गरेको छ ।
हिजो राती करीव १० बजेको समयमा रोल्पा प्यूठान अन्तरजिल्ला जोड्ने घोडाखोला पुल निर्माण आयोजना स्थलमा रहेको स्काभेटरमा आगजनी भएको प्रहरीले जनाएको छ ।
रा १ क ३६७ नम्वरको स्काभेटर पिसी २०५ नम्वर मेसिनमा आगजनी भएको छ । जलजला आँशु जय माँ स्वर्गद्धारी जेभीले उक्त पुल निर्माणको कामको जिम्मा पाएको छ ।
घटनाको विरोध, दोषीलाई कडा कारवाहीको माग
उक्त घटनाप्रति निर्माण व्यवसायी संघ प्यूठानले दुःख व्यक्त गरेको छ । प्रेस विज्ञप्ती जारी गर्दै संघले घटनामा संलग्न दोषीलाई पक्राउ गरि कारबाही गर्न माग गरेको छ ।
व्यवसाय गर्न पाउने संवैधानिक हक विपरित भएको घटना दुःखद भएको संघले जनाएको छ ।
