> स्थानीय सरकार > मल्लरानी गाउँपालिकाका ५ विद्यालय बन्द


मल्लरानी गाउँपालिकाका ५ विद्यालय बन्द

प्यूठान, ९ मंसिर । मल्लरानी गाउँपालिका अन्र्तगतका पाँच वटा विद्यालय बन्द गरिएको छ ।

मल्लरानी गाउँपालिका वडा नं. ४ स्थित खलंगा बजार क्षेत्रमा कोरोना संक्रमण देखिएपछि वडा भित्रका ५ वटा विद्यालय एक साताका लागि बन्द गरिएको हो ।

पालिका स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले प्यूठान क्याम्पस, जनजागृति मावि, खलंगा आवि, मल्लरानी बोर्डिंग स्कुल र महेन्द्र मावि एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

पालिका भित्रका अन्य विद्यालय भने जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको मंसिर ४ गतेको बैठक अनुसार स्वास्थ्य मापदण्ड पालना गरि सञ्चालन गर्न अुनरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *