प्यूठान । पूर्वजहरुको सम्झनामा प्यूठानको विजुवारमा एक परिवारले प्रतिक्षालय निर्माण गरेका छन् । गणतान्त्रिक खेलकुद मैदान अगाडी नगरपालिकाको कार्यालय जाने चोकमा प्रतिक्षालय निर्माण गरिएको हो ।
विजुवार निवासी मदन कुमार श्रेष्ठ, धनलक्ष्मी श्रेष्ठ र सरिता श्रेष्ठले पूर्वजहरुको सम्झनामा प्रतिक्षालय निर्माण गरेको छोरा नविन कुमार श्रेष्ठले जानकारी दिनुभयो । हजुरबुवा स्व. जितबहादुर श्रेष्ठ, हजुरआमा स्व. अम्मर कुमारी श्रेष्ठ, बुवा स्व. भोजराज श्रेष्ठ, आमा स्व. धनकुमारी श्रेष्ठको स्मृतिमा प्रतिक्षालय निर्माण गरिएको उहाँले बताउनुभयो ।
प्रतिक्षालयको एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ ।





