> राष्ट्रिय > प्युठान-भालुवाङ सडक अझै खुलेन, पहिरो हटाउने काम स्थगित


प्युठान-भालुवाङ सडक अझै खुलेन, पहिरो हटाउने काम स्थगित

प्युठान । प्युठान- भालुवाङ सडक खण्डको गर्जेनीमा झरेको पहिरो हटाउन नसक्दा बाटो अझै सुचारु भएको छैन । आज बिहानैदेखि सडक खुलाउन मेसिनले पहिरो हटाउने काम गरेपनि बाटो खुल्न नसकेको हो ।

 

बुधवार राती करिब १० बजे ठुलो पहिरो गएकाले बाटो अबरुद्ध छ । भोलि बिहानदेखि पुनः पहिरो हटाउने कार्य थालिने ट्राफिक प्रहरी कार्यालय देविस्थानले जनाएको छ ।

बाटो बन्द हुँदा सयौं यात्रुले दु:ख पाएका छन । यात्रुहरू पहिरो गएको ठाउँमा पैदल हिडेर गन्तव्यमा पुग्ने गरेका छन । कतिपयले बैकल्पिक रुपमा देबिस्थान- मुर्कुटी दाङ र खलंगा- अर्घाखाँची- गोरुसिंहेको बाटो प्रयोग गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *