प्यूठान । जिल्लाका विभिन्न विद्यालयमा अहिले ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर बायोएनटेक खोप लगाइँदैछ । कोरोना विरुद्धको उक्त खोप विद्यालयमै खोप केन्द्र बनाएर लगाइएको हो ।
भदौ ५ गतेदेखि शुरु भएको खोप ११ गतेसम्म चल्नेछ ३८ हजार चार सय ९४ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म लगाउने कार्यतालिका रहेको छ ।