> समाज > प्यूठानमा विद्यालय खोल्ने निर्णय


प्यूठानमा विद्यालय खोल्ने निर्णय

प्यूठान, ४ मंसिर । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) ले जिल्लामा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ का कारण पटक पटक प्रभावित हुँदै आएको विद्यालय स्वास्थ्य मापदण्ड अनुसार सञ्चालन गर्ने आज विहिबार बसेको बैठकले निर्णय गरेको हो ।

देवालीमा भिडभाँड नगर्ने
जिल्लाका विभिन्न ठाउँमा लाग्न थालेको कुलपुजा(देवाली)लाई लक्षित गरि बैठकले कुलपुजा गर्न सकिने तर भिडभाड नगर्ने वातावरण बनाउने निर्णय गरेको छ ।

पुजाआजा सहित कुलपुजा गरेपनि भिडभाड र मेलापर्व नगर्ने केन्द्रले निर्णय गरेको हो । मंसिर महिनामा जिल्लाका विभिन्न ठाउँमा कुलपुजा लाग्ने गर्दछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *