> राष्ट्रिय > प्यूठानमा भिरबाट लडेर एक महिलाको मृत्यु


प्यूठानमा भिरबाट लडेर एक महिलाको मृत्यु

प्यूठान, २६ साउन । प्यूठानमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

प्यूठान गौमुखी गाउँपालिका ४ बाग्लिबाङ निवासी २० वर्षिय शुशिला सुनारको विशौनाकोट भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

भिरबाट करिव २०० मिटर तल खसि घाइते भएको उहाँको गौमुखी गाउँपालिका ५ पुजा स्वास्थ्य चौकी पुर्याउदा डा. ले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।

मृतक घरबाट ठुलाबेसीस्थित गौमुखी मा.विमा जान्छु भनि हिडेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *