प्यूठान । झिमरुक गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले वडा भित्रका सबै घरधुरीको न्युनतम विद्युत महसुल तिरिदिने घोषणा गर्नुभएको छ ।
आफ्नो जनन्मदिनको अवसर परेर आफुले पाउने सेवासुबिधाबाट बाँकी कार्यकालभरी न्युनतम विद्युत महसुल तिरिदिने वडा अध्यक्ष पोख्रेलले बताउनुभयो । सामाजिक उत्तरदायित्व बहन गर्दै स्वर्गीय आमा डिलकुमारी पोख्रेल (शान्ता)को सम्झनामा यस्तो घोषणा गरेको उहाँले जानकारी दिनुभयो ।
न्यूनतम शुल्क बुझाउन सयौँ खर्च र झन्झट बेहोर्दै आएका वडावासीलाई सहयोगले राहत पुग्ने बिश्वास लिइएको छ । ब्यत्तिगत करिव ६ सय घरधुरीले विद्युतको मिटरबक्स जडान गरेका छ्न ।
