> राष्ट्रिय > टुनिखर्क पुग्ने सड्क निर्माण


टुनिखर्क पुग्ने सड्क निर्माण

सागर रिजाल
प्यूठान, २६ कात्तिक । लामो समयको पर्खाईमा प्यूठान नगरपालिका वडा नं ६ टुनिखर्कका स्थानीयले सड्क पाएका छन् । नगरपालिकाकै बस्ती भएपनि यस क्षेत्रमा हालसम्म सड्क पुगेको थिएन् । ढुङ्गेठाटी–टुनीखर्क– काफलबुटा–लम्छ्याङ्ग सड्कखण्ड अन्र्तगत यस क्षेत्रमा सड्क पु¥याईएको हो । ०७६ साल साउन १० गते सड्क निर्माणका लागि सम्झौता गरिएपनि यस आर्थिक वर्षको कार्तिक २४ गते सड्क निर्माणको काम पुरा भएको हो । सड्क निर्माणले टुनिखर्कका ४८ घरधुरीसंगै काफ्लबुटा, लम्छ्याङ्ग लगाएतका क्षेत्रका गरी एक सय ५० घरधुरीमा जनता लाभान्वित हुने वडासदस्य ईश्वरबहादुर पुनले बताउनुभयो । यहाँका जनताहरु वडा कार्यालय, बजारक्षेत्र नगरपालिकासम्म जानका लागि सहज हुने समेत उहाँले बताउनुभयो । सड्क निर्माणले कृषि ढुवानी, स्वास्थ्य संस्था, विद्यालय पुग्न समेत सहज हुने उहाँको भनाई छ ।

प्यूठान नगरपालिका वडा नं ६ र वडा नं ८ लाई लक्षित गरी ढुङ्गेठाटी–स्वामीफेद–काफलबुटा– धर्मावती सड्कखण्डका लागि आर्थिक वर्ष ०७६÷०७७ मा संघ सरकारको विशेष अनुदानमा प्राप्त १ करोड बजेट विनियोजन भएको थियो । विनियोजित बजेटबाट टेण्डर गरी आई डु निर्माण सेवाले घटेर ५४ लाख ६६ हजार ६ सय ५९ रुपियाँमा काम गर्ने गरी ठेक्का पाएको थियो । जुन बजेटबाट वडा नं ६ मा अढाई किलोमिटर नयाँ सड्क ट्याक खोलिएको छ भने वडा नं ८ मा साढे ४ किलोमिटर सड्क स्तरउन्नती, २४० घनमिटर जाली , ८३ घनमिटर ढुङ्गाको गाहे ,ग्राभेल, होमपाईप राख्ने काम गरिएको नगरपालिकाका ईन्जीनियर विरेन्द्र कुवरले बताउनुभयो । वडा नं ८ तर्फको सड्कको स्तरउन्नतीको काम आर्थिक वर्ष ०७६/०७७ को असारमसान्त सम्म सकिएको थियो भने वडा नं ६ तर्फको काम केही ढिला सकिएको उहाँले बताउनुभयो ।

टुनीखर्कका स्थानीयले लामो समयको पर्खाईमा सड्क पाएको प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । अब वडा नं ६को वडा कार्यालय जानका लागि नगरपालिकाका ८ वटा सड्कबाट जान सकिने उहाँले बताउनुभयो । सड्क निर्माणसंगै यसको प्रयोग पनि गर्नुपर्ने उहाँले बताउनुभयो । अब यस सड्कमा नियमित सवारीसाधन सञ्चालन गर्न समेत स्थानीयलाई आग्रह गर्नुभयो ।
नगरपालिकाले लिएको एक गाउँ एक उत्पादन नीति अनुसार यस क्षेत्रका जनताहरुलाई उत्पादनमा जोडिन उहाँले स्थानीयलाई आग्रह गर्नुभयो । नगरपालिकाले चालु आर्थिक वर्षमा उत्पादनसंग सम्बन्धित बजेट विनियोजन समेत गरेको बताउनुभयो । ढुङ्गेठाटी–स्वामीफेद–काफलबुटा– धर्मावती सड्कखण्ड जोडिएपछि अब आवातजावत संगै अन्य काममा पनि सहज हुने विश्वास लिएको नगरप्रमुख कक्षपतिको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *