प्यूठान, २३ कात्तिक । मोटरसाइकलको ठक्करबाट घाइते प्यूठानकी एक महिलाको मृत्यु भएको छ ।
शनिवार मोटरसाइकलबाट घाइते भएकी स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ सोंढकी ५६ वर्षीय भिमकला खत्रीको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारका क्रममा गएराती मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएको छ ।
शनिवार दिउँसो रोल्पाबाट भालुबाङ्ग जाँदै गरेको प्रदेश ०३–०३–००१ प ९९८९ नम्बरको मोटरसाइकलले स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ सोढमा खत्रीलाई ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक रोल्पा नगरपालिका १ खेवासेका कमल पुनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय खलङ्गा प्यूठानमा पठाईएको इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानका प्रमुख बुद्धि रानाले बताउनुभयो ।