> राष्ट्रिय > थप ९ जनामा कोरोना संक्रमण, कोरोना संक्रमितको संख्या ३०४ पुग्यो


थप ९ जनामा कोरोना संक्रमण, कोरोना संक्रमितको संख्या ३०४ पुग्यो

प्यूठान, ५ जेष्ठ । नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

सोमबार विहान थप ९ जना कोरोना संक्रमित भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

आज थप हुने ९ जना मध्ये ८ जना रौतहटका र १ जना बाराका रहेका छन् । संक्रमित सवैको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *