महेश थापा
बाहाने, २ भदौ । जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा दुई जनाको ज्यान गएको छ ।
नौबहिनी गाउँपालिका–६ ढाँडखोलाका १५ वर्षीय सुरेश घर्ति र १३ वर्षीय सुगम घर्तिको ज्यान गएको प्रहरीले जनाएको छ ।साउन ३१ गते साँझ च्याउ जंगलबाट टिपेर ल्याएको च्याउ खाएपछि पखाला लागेर विरामी भएका दाजुभाईको गएराती मृत्यु भएको हो ।
नौवहिनी गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख गोविन्द केसीले विरामी भएको खवर पाएलगत्तै घरमा पुगेको बताउनुभयो । “च्याउ खाएकै साँझबाट विरामी परेका रहेछन्” उहाँले भन्नुभयो, “बाँकी पोष्टमार्टमबाट थाहा हुन्छ ।”
पखाला लागेर विरामी परेका गएराती दुई भाई सुरेश र सुगमको ज्यान गएको हो भने परिवारका बुवा ३३ वर्षीय विष्णु घर्ति, ३० वर्षीय लिला घर्ति, १७ वर्षीय छोरा शसि घर्ति विरामी छन् । उनीहरुको जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ ।
साउन ३१ गते साँझ च्याउ जंगलबाट टिपेर ल्याएको च्याउ खाएपछि परिवारका सवै सदस्य विरामी परेका थिए । च्याउ खाएपछि उनीहरुलाई पखाला लागेको भएपनि बाहिर खवर नगरेको स्थानीयले बताएका छन् ।
