गौमुखी । बास नेपाल जिल्ला शाखा प्युठानले गौमुखी गाउँपालिकाको ३ वटा वडामा सार्वजनिक सुनुवाई गरेको छ । चालु आर्थिक वर्षको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको हो ।
गौमुखि गाउँपालिकाको ४, ५ र ६ नम्बर वडामा सार्वजनिक सुनुवाई गरिएको बास नेपाल प्युठानका अध्यक्ष जुमान सिंह केसीले जानकारी दिनुभयो । पालिकाले सबै वडामा सार्वजनिक सुनुवाई गर्ने कार्यक्रम तय गरेपनि कतिपय वडाले नगरेको समेत उहाँले बताउनुभयो । ‘कुनै वडाले ३ पटकनै सार्वजनिक सुनुवाई गरे, उहाँले भन्नुभयो, ‘कतिपयले एक पटक पनि गरेनन ।’ सार्वजनिक सुनुवाईले सेवा प्रदायक र नागरिक बीचको सम्बन्धलाई बिकास गरि सेवा प्रवाहलाई प्रभाबकारी बनाउन भुमिका खेल्ने उहाँको भनाई छ ।
गौमुखी गाउँपालिका-५ खुङका वडा अध्यक्ष बरुणध्वज मल्लले नागरिकको चासो, सकारात्मक सुझाव, दबाबले वडाको बिकास निर्माणमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । उहाँले जनताले दिएको सुझावलाई ग्रहण गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
वडामा भएका सार्वजनिक सुनुवाईमा वडाको सेवा प्रवाह, योजना निर्माण, योजनाको प्राथमिकता लगायतका विषयमा प्रश्न, जिज्ञासा र सुझाव प्राप्त भएको थियो
