> समाज > ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने प्यूठानका युवा नवलपरासीबाट पक्राउ


‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने प्यूठानका युवा नवलपरासीबाट पक्राउ

प्यूठान, ३० असोज । बढ्दो बलात्कार र महिला हिंसाका घटनाको विरोधमा पछिल्लो समय मुलुकभर विभिन्न स्थानमा प्रदर्शनहरु भैरहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप बनाएर बलात्कारका घटनालाई प्रशय दिने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

झिमरुक गाउँपालिका वडा नं. ७ स्थायी बसोवास भएका १९ वर्षिय नविन बस्नेतलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको हो । उनी अध्ययनको शिलशिलामा पछिल्लो समय नवपरासी बस्दै आएका थिए ।

उनी यस्तो गतिविधिमा किन संलग्न भए भन्ने थप खुलेको छैन । उनको पढाई राम्रो रहेको चिन्नेहरु बताउँछन् ।

उनीमाथि विद्युतीय कारोबार ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *