समाजस्थानीय सरकार

नियमित रुपमा सुचना प्रवाह गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र प्रदान

प्यूठान, २५ कार्तिक । जिल्लामा रहेको सार्वजनिक तथा सरोकारवाला निकायहरुमा भएका क्रियाकलापहरु नियमित रुपमा नागरिकलाई प्रवाह गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।


जिल्लामा क्रियाशिल रहेको नागरिक समाजले जिल्ला समन्वय समितिको प्रमुख केशवराज आचार्यलाई उक्तपत्र बुझाएको हो । ध्यानकर्षण ग्रहण गर्दै आचार्यले सुचना प्रवाह सक्रियरुप गराउन स्थानियतह तथा अन्य कार्यालयलाई आग्रह गर्ने बताउनु भएको छ ।

गैरसरकारी महासंघ प्यूठानको अध्यक्ष नेत्रमणि आचार्यको नेतृत्वमा उक्त ध्यानाकर्षण प्रदान गरिएको हो । उक्त पत्रमा लेखिएको छ ‘बिधिको शासन, नागरिक सहभागिता पारदर्शिता, जवाफदेहिता, निष्पक्ष प्रशासन मार्फत सुशासन कायम गर्नु लोकतान्त्रिक शासन व्यवस्थाको आधारभुत शर्त हो ।’

साथै हरेक तीन महिनामा सुचना प्रवाह गर्नु पर्ने ऐन भएर पनि सुचना प्रवाह हुन नसकेको उक्त पत्रमा उल्लेख गरिएको छ ।

 

Related Articles

Back to top button