> राष्ट्रिय > प्रहरी जवानका उम्मेदवारहरुलाई अभिमुखिकरण


प्रहरी जवानका उम्मेदवारहरुलाई अभिमुखिकरण

प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले प्रहरी जवानका उम्मेदवारहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम मंगलबार खलंगमा सम्पन्न गरेको छ । प्रहरी जवान (जनपद) पदका लागि जिल्ला कार्यालयबाट दरखास्त फारम भरेका १५६ जनालाई अभिमुखिकरण दिइएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

 

 

उक्त कार्यक्रममा प्रहरी नायव उपरिक्षक इश्वर थापाले भर्ना छनौट अन्तरगत शारीरिक तन्दुरुस्ती तथा बाधापार परीक्षाको नमुना अभ्यास प्रदर्शन गराउनुभएको थियो । प्रहरी जवानको पाठ्यक्रम, लिखित परीक्षाको नमुना प्रश्न पत्रका बारेमा अभिमुखिकरण गरिएको थियो । प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षण सम्वन्धी भिडियो प्रदर्शनी समेत गरिएको थियो ।

 

 

उम्मेदवारहरुलाई परीक्षामा सहभागी हुन सहजताको लागि कार्यक्रम आयोजना गरिएको प्रहरी नायव उपरिक्षक थापाले बताउनुभयो । सफलताको लागि सकारात्मक सोच तथा निरन्तरको अभ्यास आवश्यक हुने उहाँले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *