झिमरुक । झिमरुक गाउँपालिका-६ मा दलित, जनजाति र अपांगता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष धन बहादुर पुनले पछि परेको समुदायको सशक्तीकरणमा वडाले काम गर्दै आएको बताउनुभयो । उहाँले दलित, जनजाति र अपांगता भएका समुदायलाई राज्यले बिशेष संरक्षण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण राष्ट्रिय अपांग सेवा संघका निवर्तमान अध्यक्ष जुमानसिंह केसी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्युठानका अध्यक्ष सुजल श्रेष्ठ र दलित अधिकारकर्मी प्रेम बिश्वकर्माले गर्नुभएको थियो ।
