> समाज > प्यूठानमा आज ५२ जना कोरोना संक्रमित थपिए


प्यूठानमा आज ५२ जना कोरोना संक्रमित थपिए

प्यूठान, २९ असोज । प्यूठानमा आज एकै दिनमा ५२ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको सरुमारानी गाउपालिकाका २२ जना, ऐरावती गाउँपालिकाका १४ जना, झिमरुक गाउँपालिकाका ११ जना र नौबहिनी गाउँपालिकाका ५ जना गरि ५२ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ ।

संक्रमितहरु ३ देखि ५८ वर्ष उमेर समूहका छन् । उनिहरुको स्वाव परिक्षण प्रादेसिक जनस्वाथ्य प्रयोगशाला भैरहवामा गरिएको पीसिआर परिक्षणमा ९ महिला र ४३ पुरुषमा कोरोना देखिएको हो।

अहिले जिल्लामा १ सय ३१ जना संक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *