> स्थानीय सरकार > माण्डवी गाउँपालिकाको सार्वजनिक सुनुवाई


माण्डवी गाउँपालिकाको सार्वजनिक सुनुवाई

प्यूठान, १९ चैत । माण्डवी गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म भएका गतिविधिको बारेमा गाउँपालिकाले सार्वजनिक सुनुवाई गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको योजना कार्यान्वयन, सेवा प्रवाह लगायतका विषयमा सहभागीले जिज्ञासा, सुझाव तथा गुनासो गरेका छन् ।

 

सहभागीले खानेपानी योजना प्रभावकारी नभएको, सेवा लिन धेरै पटक कार्यालय धाउनु परेको, ढुंगा बालुवा उत्खनन गर्दा मेसिनको प्रयोग भएको, जस्तापाता वितरण, एक्सरे मेसिन सञ्चालनमा नआएको लगायतका विषयमा कुरा उठाएका थिए ।

सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहभागीले उठाएको विषयमा गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जवाफ दिनुभएको थियो ।

 

कार्यक्रममा पत्रकार महासंघ प्यूठानका सचिव विजयसिंह भारतीले स्थानीय सरकारले प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई गर्नुपर्ने बताउनुभयो । उहााले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि सार्वजनिक सुनुवाई अपरिहार्य भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण पत्रकार प्रज्वल पहाडीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *