> राष्ट्रिय > प्युठानमा बालकलाई खोलाले बगायो


प्युठानमा बालकलाई खोलाले बगायो

प्युठान । प्युठानमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन । ऐरावती गाउँपालिका-५ स्थित जाडिखोलाले स्थानीय ५ बर्षिय सुसन केसीलाई बगाएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशील थापाले बताउनुभयो ।

बुवा बिस्नु बहादुर केसीसंग खोला तर्ने क्रममा दशैको दिन बेलुका ६ बजे बालकलाई बगाएको थापाले जानकारी दिनुभयो ।ऐरावती-५ झिवाङ निवासी केसी हर्नाघाटबाट घर फर्किने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।

अत्याधिक बर्षाले जिल्लामा नदि तथा खोलाको बहाब बढेको छ । सडकहरू अबरुद्ध भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *