प्यूठान, २६ असार । शुक्रवार प्यूठानमा थप ५० जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।
पिसिआर परीक्षण पोजेटिभ आएपछि आइसोलेसनमा बस्दै आएका ५० जनाको पुनः परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । कोरोना मुक्त भएकाहरुलाई घर पठाईएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । घर जानेहरुमा प्यूठान नगरपालिकाका १ जना, माण्डवी गाउँपालिकाका ३७ जना, झिमरुक गाउँपालिकाका ७ जना र नौवहिनि गाउँपालिकाका ५ जना रहेका छन् ।
यससँगै प्यूठानमा कोरोना निको भएर घर फर्कनेको संख्या २०३ पुगेको छ । कुल ३२८ जना संक्रमित मध्ये २०३ जना घर फर्कीसकेका छन् भने बाँकी संक्रमितलाई स्थानीय पालिकाले बनाएको आईसोलेसनमा राखिएको छ ।
