प्यूठान, १२ असोज । प्यूठान नगरपालिका वडा नं. १० मा स्थानीयले स्वास्थ्य संस्थालाई निःशुल्क जग्गा दिएका छन् ।
स्वास्थ्य संस्थाको भवन निर्माणका लागि स्थानीय निःशुल्क रुपमा जग्गा दिएक हुन् । स्थानीय वीर बहादुर खड्काले ५५० बर्ग मिटर(एक रोपनी बढी) जग्गा निःशुल्क रुपमा उपलब्ध गराउनुभएको छ ।
बुवा कर्ण बहादुर खड्काको सम्झनामा जग्गा दान दिएको उहाँले बताउनुभयो । यसअघि रुद्र बहादुर खड्काले ५ सय बर्ग मिटर (एक रोपनी) जग्गा निःशुल्क उपलब्ध गराउनुभएको निर्माण समिति सचिव भिम बहादुर घर्तिमगरले जानकारी दिनुभयो ।
उक्त २ रोपनी जग्गामा आधारभुत स्वास्थ्य चौकी पातिहाल्नाको भवन निर्माण गरिने भएको छ । भवन निर्माणका लागि ३६ लाख रुपियाँ बजेट प्राप्त भएको स्वास्थ्य प्रमुख निलम शर्माले जानकारी दिनुभयो ।
