प्यूठान । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा हर्षाेल्लासका साथ मनाउँदै छन् । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् ।
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा प्यूठानको दरभानमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
