> समाज > हेर्नुहोस प्यूठानको कुन पालिकामा कति संक्रमित र निको भए


हेर्नुहोस प्यूठानको कुन पालिकामा कति संक्रमित र निको भए

प्यूठान, १६ असार । मंगलवार साझसम्म प्यूठानमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ ।

प्यूठानवाट स्वाव संकलन गरि पठाइएको मध्ये १४५० स्वावको परिक्षण हुदा ३०४ जनामा पिसिआर रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । प्यूठानका सवै स्थानिय तहमा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

हालसम्म जिल्लाका पिसिआर विधिबाट १४५० स्वाव परिक्षण गरिएको छ । जसमा सबैभन्दा वढि माण्डवी गाउँपालिकाले ४२१ स्वाव परिक्षण गरेको छ जसमध्ये ७८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । यस्तै प्यूठान नगरपालिकाले २५४ स्वाव परिक्षण गर्दा ८२ जनामा रिपोर्ट पोजेटिभ देखिएको छ । यसैगरि स्वर्गद्वारी नगरपालिकाले १३५ स्वाव परिक्षण गर्दा ३९ जनामा रिपोर्ट पोजेटिभ देखिएको छ । मल्लरानी गाउँपालिकाले ४६ स्वावको परिक्षण गर्दा १६ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । यस्तै ऐरावति गाउँपालिकाले १५९ स्वावको परिक्षण गर्दा ३३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । सरुमारानी गाउँपालिका २१४ स्वावको परिक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । गौमुखी गाउँपालिकाले १०८ स्वाव परिक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । यस्तै नौवहिनि गाउँपालिकाले ४९ स्वाव परिक्षण गर्दा २८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । र झिमरुक गाउँपालिकाले ६४ स्वाव परिक्षण गर्दा ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

यस्तै हालसम्म जिल्लाको विभिन्न स्थानवाट गरि २८ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । जसमा नौवहिनि गाउँपालिकाका १७ जना, माण्डवी गाउँपालिकाका ४ जना, प्यूठान नगरपालिकाका २ जना, स्वर्गद्वारी नगरपालिकाका २ जना, गौमुखी गाउँपालिकाका २ जना र सरुमारानी गाउँपालिकाका १ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *