प्यूठान, ५ भाद्र । प्यूठान नगरपालिकाले WHO ले अवलम्वन गरेको सुरक्षाका मापदण्डहरु पालना गर्दै तिज मनाउन आग्रह नगरवासीलाई अनुरोध गरेको छ ।
नगरपालिकाले शुक्रवार एक शुभकामना सन्देश जारी गर्दै कोरोनाको संक्रमण बढिरहेको परिस्थितिमा WHO ले अवलम्वन गरेको सुरक्षाका मापदण्डहरु पालना गर्दै तिज मनाउन अनुरोध गरेको हो ।
“अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमणका कारण यस वर्षको हरितालिका तीज हामीहरुले घरमै बसेर मनाउनुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना भएको छ । यतिवेला चाडपर्व भन्दा पनि आफु र आफ्नो परिवारको स्वास्थ्य सुरक्षालाई बढि महत्वका साथ हेर्नुपर्ने परिस्थिति रहेको छ । यसको रोकथामका लागि सामाजिक दुरी कायम गर्ने, सरसफाईमा विशेष ध्यान दिने जस्ता महत्वपुर्ण उपायहरु अपनाउनु पर्ने छ । यस्तो असहज स्थितिमा कोरोना संक्रमण जोखिम न्युनिकारण्का लागि WHO ले अवलम्वन गरेको सुरक्षाका मापदण्डहरु अनिवार्य रुपमा पालना गर्दै तिज मनाउनहुन हार्दिक अनुरोध गर्दै शुभकामना व्यक्त गर्दछुं” उक्त शुभकामना सन्देशमा भनिएको छ ।