प्यूठान । २१ वर्षदेखी फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय प्यूठानले पक्राउ गरेको छ ।
साविकको रम्दी गाविसका वडा नम्वर १ हाल माण्डवी गाउँपालिका ५ निवासी कृष्ण बहादुर घर्तिमगरलाई प्रहरीले माण्डवी गाउँपालिका ३ चकचकेबाट पक्रेको प्रहरीले जनाएको छ ।
सवारी ज्यान मुद्धामा प्यूठान जिल्ला अदालतले २०५७ साल फागुन ११ गते १ वर्ष ११ महिना ७ दिन कैद सजाय तोकेको थियो ।
प्रहरीले जिल्ला अदालतमा पेश गरेपछि घर्तिमगरलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
यसैवीच नौवहिनी गाउँपालिका वडा नं. ६ का परिवर्तित नाम (द्य) जबरजस्ती करणी मुद्दामा प्यूठान जिल्ला अदालतको मिति २०७० बैशाख २९ गतेको फैसला अनुसार ६ महिना कैद सजाय तोकिएको र हालसम्म फरार रहेकोमा प्रहरीले आज नियन्त्रणमा लिई अदालत पेश गरी कैद भुक्तानको लागी जिल्ला कारागार प्यूठानमा चलान गरेको छ ।