> साहित्य सृजना > कविताःदु:ख नपाउनु पहिले !


कविताःदु:ख नपाउनु पहिले !

दु:ख नपाउनु पहिले
मेरो जीवनमा तिमि नआउनु पहिले
म केहि जान्दैन थिएँ जिन्दगी बचपना थियो।
एक समय यस्तो आयो केही नजानेको म
धेरै ठोक जान्ने अवसर जुर्यो।
जीवन मा..!
दुख आए लगत्तै तिमि पनि आयौ
मेरो जिवनमा दु:ख आउनु दुखदायी थिए
तिमि आउनु खुसिले खुसि भन्दा कम थिएन।
दुःखले जिबनको परिभाषा दिए जसरी
तिमिले पनि म अन्धोपना लाई उज्यालो दिएर गयौ
तिमि गए लगत्तै
म तिम्रा यादहरू मा कविता लेख्छु
सायद जाँदा जाँदै उपहार स्वरुप
केहि यादहरु कविता दिएर गयौँ ।
-पि.आर. मगर, प्यूठान

Leave a Reply

Your email address will not be published. Required fields are marked *