> राष्ट्रिय > काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी


काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी

काठमाण्डौ, ९ असोज । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी सर्वसम्मतिले चयन हुनुभएको छ ।

शुक्रबार कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले प्रेस काउन्सिल ऐन २०४८, बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो ।

साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा सदस्यमा नियुक्त गरेको थियो । बुढाथोकीले आजै पदभार ग्रहण गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *