प्यूठान, ८ असोज । मल्लरानी गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि निःशुल्क जग्गाको खोजी गरेको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै भवन निर्माणका लागि गरि विभिन्न मापदण्ड सहित न्यूनतम ७ रोपनी भन्दा बढी जग्गा निःशुल्क उपलब्ध गराउनुपर्ने जनाएको छ ।
हाल गाउँपालिकाको कार्यालय रेडक्रसको भवनमा भाडामा सञ्चालनमा छ ।

