स्थानीय सरकार

गजल !

  • सुरेश कुमार पाण्डे

डिग्रि होल्डर युवा भेडा चराउँन मज्बुर भए।
जनताले देखेको सपना समेत चक्नाचुर भए

देशभरी नव लैण्डुब भरीए पछि आज हिँजो,
सरकार को पनि उनै सँग सम्बन्ध मधुर भए ।

भ्रष्टचारले सिमाना नागि सकेपछि त केभनौ,
राजनीति मा समेत आज वैमानी भरपुर भए ।

हो गुण्डा बलतकारी खुले आम घुम्छन यँहा,
दुनियाँ भरीकै नजरमा बद्नाम वेकसुर भए ।

नेताहरु पनि सबै सुख भोगि भए समाजमा,
उन्का आसे पासे र गासे जब जि हजूर भए ।

भन्छन क्रान्तिकिरी पिलर पुराना भए फालौँ,
अब ता टाउको हल्लाउँने हरुनै कोईनूर भए ।

पाँच तारेमा बसेर गफ हुँन्छ क्रान्तिकिरी पनि,
त्यसैले त आज संसारमा हेलारी मज्दुर भए ।

Related Articles

Back to top button