समाजस्थानीय सरकार

अमेरिकन फौजी किराले मकै वाली नष्ट

[mashshare]

प्यूठान । स्वर्गद्धारी नगरपालिकाका किसानले लगाएको मकैबालीमा अमेरिकन फौजी किराले क्षति गरेको छ ।

नगर क्षेत्रका किसानले लगाएको पहिलो मकैबालीमा अमेरिकन फौजि किरा लागेपछि किसान चिन्तित बनेका छन् ।स्वर्गद्धारी नगरपालिकाका कृषि प्राविधिक नेत्रमणी अधिकारीले नगरपालिका क्षेत्रमा किराको प्रकोप बढेको बताउनुभयो ।

यसपालि पहिलो खेती नहुने जस्तो देखिएको छ, कृषि प्राविधिक अधिकारीले भन्नुभयो । विशेष गरेर नगरपालिकाको ३, ४, ७, ८, ९ वडामा बढी प्रकोप देखिएको छ ।

कृषि प्राविधिक अधिकारीका अनुसार फौजी किराले दिउँसोमा भन्दा बढी विहान र रातीमा मकै बालीमा क्षति गर्दछ । किराले मकैको कमलो भाग गुदो र पातको कमलो भाग खाएर बोटलाई नै क्षति गर्छ ।

फौजी किरा नष्ट गर्नका लागि पालिकाले ५० प्रतिशत अनुदानमा विषादी वितरण थालेको छ । अहिले पहिलो चरणमा विषादी वितरण गरेपनि जिल्लामा विषादीको अभाव भएको समेत कृषि प्राविधिक अधिकारीले जानकारी दिनुभयो । करीव एक लाखको विषादी खरिद गरेकोमा आधा जति वितरण भइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close