प्यूठान, १३ कात्तिक । मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिले यस वर्षको चाडवाड खर्च बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरेरे चाडवाड खर्च गाउँपालिका प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
पालिका भित्रका २९ जना जनप्रतिनिधिले पाउने दुई लाख ६२ हजार रुपियाँ गाउँपालिका प्रकोप व्यवस्थापन कोषमा जम्मा गरिएको ५ नम्वर वडाका वडा अध्यक्ष राम बहादुर थापाले बताउनुभयो ।
कार्यपालिका बैठकबाट संस्थागत निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । पालिकाले यस वर्ष प्रकोप व्यवस्थापन कोषमा ८७ लाख रुपियाँ विनियोजन गरेको छ ।
