> समाज > प्यूठानमा थप ८ जनामा कोरोना संक्रमण


प्यूठानमा थप ८ जनामा कोरोना संक्रमण

प्यूठान, ६ असोज । प्यूठानमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षणका क्रममा २ जना, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा ५ जना र बुटवल स्थित निजि प्रयोगशालामा १ जना गरी प्यूठानका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । जसमा स्वर्गद्वारी नगरपालिकाका १ जना, मल्लरानी गाउँपालिकाका १ जना, ऐरावति गाउँपालिकाका ५ जना र झिमरुक गाउँपालिकाका १ जना रहेका छन् ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ५२२ पुगेको छ जसमध्ये ४५८ जना निको भएर डिस्चार्ज भएका छन् भने २ जना संक्रमितको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *