प्यूठान, ५ कात्तिक । बुधबारको नतिजा अनुसार प्यूठानमा थप २८ जना कोरोना संक्रमित थप भएका छन् ।
सरुमारानी गाउँपालिका, प्यूठान नगरपालिका र ऐरावती गाउँपालिकामा गरि २८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
सरुमारानी गाउँपालिका १९ जना, प्यूठान नगरपालिकामा ७ जना र ऐरावती गाउँपालिकामा २ जना नयाँ संक्रमित भेटिएका हुन् । संक्रमित१० महिला र १८ जना पुरुष रहेका छन् ।
उनीहरुको उमेर १५ देखि ५० वर्ष सम्मको रहेको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ७६३ पुगेको छ ।
