> राष्ट्रिय > स्वर्गद्धारीमा बोलबम तिथालु


स्वर्गद्धारीमा बोलबम तिथालु

प्यूठान । जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा दर्शन गर्न आउने तिर्थालुको संख्या बढेको छ । साउन महिना शुरु भएसँगै बोलबमका लागि तिर्थयात्री आउने क्रम बढेको आश्रमले जनाएको छ ।

 

भारतबाट तिर्थालुहरु बोलबमका लागि आउने गरेको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताउनुभयो । उहाँका अनुसार पहिलो सोमबारको दिन एक हजार तिर्थालु आएका थिए । दोस्रो सोमबार करीव दुई हजार दर्शनार्थी आएको उहाँको भनाई छ ।

 

बोलबम शिवको उपासना भएकाले स्वर्गद्वारीलाई इष्ट देवता मान्ने तिर्थयात्री बोलबमका लागि आउने गरेको उहाँले बताउनुभयो । बोलबममा आउने तिर्थयात्रीले माण्डवी नदिबाट जल लगेर स्वर्गद्वारीमा चढाउने गर्दछन् ।

फाइल फाेटो

भारत तथा नेपालका विभिन्न ठाउँबाट गाडी रिर्जब गरेर तिर्थयात्री आउने गरेको भिंगृका स्थानीय दुर्गा बोहोराले जानकारी दिनुभयो । सोमबार मात्र नभएर अरु बेलामा पनि तिर्थयात्री आउने क्रम बढेको उहाँले जानकारी दिनुभयो ।

 

स्वर्गद्वारीमा वैशाखे पूणर्िमा, तिहारको औंशी, दशैको फुलपाती, माघे संक्रान्तिमा विशेष पुँजा तथा मेला लाग्ने गर्दछ । स्वर्गद्धारीमा नेपाल लगायत भारतका विभिन्न ठाउँबाट पर्यटक आउने आश्रमको तथ्यांक छ ।

 

वि.सं. १९९६ सालमा रोल्पाको सखी गाविसको रुम्टीे गाउँमा महाप्रभुको जन्म भएको थियो । १९५२ सालमा प्रभुले स्वर्गद्धारी आश्रममा बौद्धिक मन्त्रबाट दिप प्रज्वलन गरि स्थापना गर्नुभएका अखण्ड महायज्ञ अहिले पनि निरन्तर बलिरहेको छ । प्रभुको १९९७ मार्ग शुक्ल चौथीका दिन निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *