प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका–६ स्थित जनता मावि क्वारेन्टाइनमा मृत्यु भएको महिलाको कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएको छ ।
ब्रेन ट्युमरको समस्याबाट ग्रसित २७ वर्षीया पार्वती थापाको स्वाव संकलन गरि परिक्षणका लागि पठाइएको थियो ।
स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले महिलाको पीसीआर रिर्पोट नेगेटिभ आएको जानकारी दिनुभयो । जेठ १३ गते प्यूठान क्वारेन्टाइनमा विरामी महिलाको मृत्यु भएको थियो ।
