> राष्ट्रिय > भ्रष्टाचार बिरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र


भ्रष्टाचार बिरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र

प्युठान । भ्रष्टाचार विरुद्धको अभियानलाई प्रभाबकारी रुपमा अगाडी बढाउन बास नेपाल प्युठानले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पथाएको छ ।

 

बिहिवार जिल्ला प्रशासन कार्यालय प्युठान मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

 

१० बुदे माग सहित बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाउने प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताउनुभयो ।

माग गरिएको बुदा यस्तो छ ।

१) भ्रष्टाचार विरुद्धको प्रभावकारी उत्तम अभ्यासको विकास र प्रवद्र्धनमा जोड दिईयोस् ।
२) भ्रष्टाचार विरुद्धका संयन्त्रको क्षमता तथा प्रभावकारिता अभिवृद्धि गरियोस् ।
३) राजनीतिक दलहरुलाई पारदर्शि बनाउने व्यवस्था गरियोस् ।
४) सरकारको काम कारबाहीको सार्वजनिक सूचनाप्रवाह र काममा पारदर्शिता कायम गरियोस् ।
५) कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा व्याप्त भ्रष्टाचारको नियन्त्रण गरियोस् ।
६) भ्रष्टाचार विरुद्धको अयिभानमा अन्तर्राष्ट्रिय सहयोग अभिवद्धि गरियोस् ।
७) नेपाल सरकारको सुशासन कार्ययोजना, भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना,भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघिय महासन्धी कार्यान्वयन सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयन गरियोस् ।
८) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संस्थागत बिकास गरियोस् ।
९) भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको रणनीति अवलम्वन गरियोस् ।
१०) राष्ट्रिय सर्तकता केन्द्र, हेलो सरकारलाई प्रभावकारी बनाईयोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *