> समाज > स्वास्थ्य कार्यालयलाई विएनएमटिको साढे ८ लाखको स्वास्थ्य सामग्री


स्वास्थ्य कार्यालयलाई विएनएमटिको साढे ८ लाखको स्वास्थ्य सामग्री

प्यूठान, २५ भाद्र । विराट नेपाल मेडिकल ट्रष्ट (विएनएमटि) नेपालले स्वास्थ्य कार्यालय प्यूठानलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

आज कार्यालयलाई ८ लाख ५० हजार बरावरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको कार्यालय प्रमुख विशाल सुवेदिले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वास्थ्य सामग्रीहरुमा केएन ९५ माक्स १ हजार पिस, सर्जिकल माक्स १० हजार पिस, सेनिटाइजर १ सय २५ मिलिलिटरका ५ सय पिस, पिपिई १ सय २५ सेट, हाइजेनिक किट १ सय ५० सेट रहेका छन् ।

स्वास्थ्यकर्मीको मनोवल उच्च गराउन टेवा पुगोस् भन्ने उदेश्यले सहयोग गरिएको विएनएमटिका क्षेत्रिय प्रवन्धक गंगाराम बुढाथोकीले बताउनुभयो । यसअघि पनि अग्रपङ्तीमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, पत्रकारलाई स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य सामग्री सहयोग गरेको उहाँले बताउनुभयो ।

हालसम्म प्यूठानमा अग्रपङ्तीमा रहेर काम गर्ने मध्ये १० जना स्वास्थ्यकर्मी, ३० जना सुरक्षाकर्मी र ५ जना अन्य कर्मचारीलाई कोरोना पुष्टि भएको छ । सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *