> समाज > प्यूठानमा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना संक्रमण


प्यूठानमा गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना संक्रमण

प्यूठान, ४ असोज । प्यूठानमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणमा प्यूठान माण्डवी गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । संक्रमित १७ देखि ६८ वर्षसम्मका २ महिला र ४ पुरुष रहेका छन् ।

संक्रमितहरु मध्ये १ जना गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी रहेको गाउँपालिकाले जनाएको छ । यस्तै अन्य संक्रमित पनि कन्ट्याक्ट ट्रेसिङबाट परिक्षण गरिएका रहेका छन् ।

यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ५१२ पुगेको छ जसमध्ये ४५८ जना निको भएर डिस्चार्ज भईसकेका छन् भने २ जना संक्रमितको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *