समाज

प्रथम स्वर्गद्वारी भिंगृ प्यूठान महोत्सव शुरु, माडी क्षेत्रको विकासमा ध्यानाकर्षण गराउने

प्यूठान । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीको आधार शिविर भिंगृमा प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ शुरु भएको छ । नेपाल उद्योग बाणिज्य महासघका जिल्ला तथा नगर उपाध्यक्ष सुर कृष्ण बैद्यले महोत्सवको उद्घाटन गर्नुभएको छ ।

 

जिल्लाका विकासका सम्भावनाहरुमा लगानीकर्ता र सरकारको ध्यानाकर्षण गराउन महत्सवले टेवा पु¥याउने उपाध्यक्ष बैद्यले बताउनुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले स्वर्गद्धारीका पर्यटन विकासलाई केन्द्रमा राखेर समग्र माडि क्षेत्रको विकासका लागि महोत्सव कोशेढुङ्गा सावित होस् भन्ने शुभकामना दिएका थिए ।

 

२०६८ सालमा भिंगृमा संचालन भएको धार्मिक महोत्सवबाट शुरु गरिएको स्वर्गद्धारी धर्मशालालाई व्यवस्थित रुपमा संचालन गर्न प्यूठान उद्योग बाणिज्य संघ स्वर्गद्धार नगर बजार क्षेत्रले महोत्सवको आयोजना गरेको हो । पुस २९ गतेसम्म संचालन हुने महोत्सवको दोश्रो दिन पुस १९ गते लोक तथा दोहोरी गायिका शान्तिरानी परियारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

 

महोत्सव उद्घाटनको अवसर पारेर स्थानीय कला संस्कृति झल्कने लाखे नाँच, भजन, माडि खोले नाँच लगायतका कला संंस्कृति प्रस्तुत गरिएको थियो । स्वर्गद्धारी आश्रमका बटुकहरुले स्वस्ती शान्ति वाचन गरेका थिए ।

 

महोत्सको मुख्य प्रायोजक राज डेकोर होम, राज अर्डर एण्ड सप्लायर्स भौका प्यूठान रहेको छ ।

Related Articles

Back to top button