> राष्ट्रिय > गुल्मी मदानेका एक युवक प्युठानमा मृत फेला


गुल्मी मदानेका एक युवक प्युठानमा मृत फेला

प्युठान । गुल्मी मदानेबाट प्युठान तीजको मेला हेर्न भनी आएका गुल्मीका २३ वर्षीय एक युवा प्युठानमा मृत फेला परेका छन् । गुल्मीकाे मदाने गाउँपालिका वडा नम्बर ६ का कपिल कुँवर प्युठानको झिमरुक गाउँपालिका-४ स्थित सुसानेपहरा मुनि घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

 

आफन्तका अनुसार कुँवर तीजको दिन प्युठानकाे झिमरुक गाउँपालिका-१, बालुवाखोला भन्ने स्थानमा हुने तिजको मेला हेर्न भनी आएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक सागर भुसालले जानकारी दिनुभयो । कुँवर असाेज ३ गतेसम्म पनि घर नफर्किएपछि घरपरिवारले प्रहरीलाई उनको खोजी गरिदिन जानकारी दिएका थिए ।

 

मृतकका आफन्तले प्रहरीलाई जानकारी गराए लगत्तै खाेजी कार्यलाई तीब्र बनाएको प्रहरीले बिहिवार असाेज ४ गते दिउँसो साढे १२ बजे प्युठानको झिमरुक गाउँपालिका-४, को सुसानेपहरा मुनि घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक सागर भुसालले जानकारी दिनुभयो । प्रहरीका अनुसार मदाने गाउँपालिका-५, का एक जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाएको छ ।

 

मृत भेटिएका कुँवरको के कति कारणले मृत्यु भएको भन्ने बारे अझै खुलेको छैन।अनुसन्धान पछि मात्र घटना बारे खुल्ने प्रहरीले बताएको छ । अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *