> समाज > स्थानीयको सक्रियतामा झिमरुकको माछा संरक्षण गरिदै


स्थानीयको सक्रियतामा झिमरुकको माछा संरक्षण गरिदै

सृजना सेन
प्यूठान,२८ फागुन
झिमरुकको माछा र बालुवा जोगाउन गाह्रो भएको ऐरावतिका स्थानीयले बताएका छन । युएसएआइडी पानी परियोजनाले ऐरावति गाउँपालिकामा जलिय तत्वको संरक्षणको लागी वडामा समुह गठन गरेर संरक्षणको अभियान चलाईरहँदा समस्या देखिएको हो ।
प्यूठानले संरक्षण गर्न खोजे पनि अर्घाखाँचीका स्थानीय बासिन्दाले खोलाको नामै अर्को राखेर गिट्टि बालुवाको उत्खनन गरेको बांगे रह सामुदायिक जलिय तथा जैविक विविधता संरक्षण समुहका सचिव यज्ञ आचार्यले बताउनुभयो । बालुवा गिट्टी उत्खनन तथा माछालाई करेन्ट नलगाउन आग्रह गर्दा अर्घाखाँचीका स्थानीयले खोला आफुहरुकोे पनि भएको भन्दै अटेर गरेको सचिव आचार्यको भनाई छ ।
ऐरावति गाँउपालिका वडा नम्वर एकको नयाँ रह सामुदायिक जलिय तथा जैबिक विविधता संरक्षण समुहका सचिव मानबहादुर घर्ति मगरले पनि सोही समस्या रहेको बताउनुभएको छ । उहाँले आफ्नो समुह र गाउँबासीले संरक्षण गर्दै आएपनि माछालाई रातिमा करेन्ट लगाउन नछोडेको गुनासो गर्नुभयो ।


मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको सहजीकरण तथा युएसएआइडी पानी परियोजनाले गठन गरेको समुह तथा कामको अनुगमनमा स्थानीय उक्त समस्या राखेका हुन् । समस्या समाधान गर्न अर्घाखाँचीको सितगंगा नगरपालिका तथा भुमिकास्थान नगरपालिकासँग छलफल गरिने मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख विजयकुमार श्रेष्ठले बताउनुभयो ।
मंगलबार गरिएको अनुगमनमा ऐरावति गाउँपालिकाका अध्यक्ष नविलबिक्रम शाहले समस्यालाई समाधान गर्न अर्घाखाँचीका स्थानीय तहसँग छलफल गर्ने बताउनु भएको छ । उहाँका अनुसार आज भन्दापनि भोलीको लागि जलिय तत्वको संरक्षण गर्न आवश्यक रहेको भन्दै सबैलाई सचेत रहन समेत आग्रह गर्नु भएको छ ।
अनुगमनमा ऐरावति गाउँपालिका १ का वडा अध्यक्ष भिमेष घर्तिमगर, २ का वडा अध्यक्ष दोर्ण पाण्डे, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका अध्यक्ष निर्मल श्रेष्ठ, लगायत सरोकारवाला निकायका व्यक्तिको समहभागिता थियो । संस्थाले त्यस क्षेत्रमा स्थानीयलाई तालिम दिएर आयआजर्नका लागि माछा मार्नुको विकल्प समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!