> समाज > जवरजस्ती करणी मुद्धामा ३ जना कारागार चलान


जवरजस्ती करणी मुद्धामा ३ जना कारागार चलान

प्यूठान, २७ भाद्र । जवरजस्ती करणी घटनाका मुद्धामा तीन जना व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

ऐरावती गाउँपालिका १ दाङवाङ सल्लीकोटका ६४ वर्षिय पुरुषले साउन २६ गते आफ्नै घरकोठामा एक महिलालाई ललाई फकाई जवरजस्ती करणी गरेको घटनामा प्रहरीले भदौ ६ गते पक्राउ गरेको थियो । उनलाई प्यूठान जिल्ला अदालतले भदौ २४ गते पुर्पक्षको लागि कारागार थुनामा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

त्यसैगरि सरुमारानी गाउँपालिका ३ हंशपुर कासकोटका २१ वर्षिय एक व्यक्ति जवरजस्ती करणीको अभियोगमा कारागार चलान भएका छन् । उनले साउन १८ गते रातामाटा स्थित जंगलमा करणी गरेको अभियोगमा प्रहरीले भदौ ६ गते पक्राउ गरेको थियो । उनलाई पनि अदालतले पुर्पक्षमा राख्न आदेश दिएको हो ।

त्यसैगरि, साविक रस्पुरकोट गाविस ५ डाँडाखर्क बस्ने २१ वर्षिय पुरुषले धरमपानी गाविस २ मा जवरजस्ती करणी उद्योग गरि फरार रहेको र भदौ २४ गते अदालतमा आफै उपस्थित भएपछि भदौ २५ गते अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । उनी २०७३ पुस १७ गते घटना भएको दिनदेखि नै फरार थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *