प्यूठान, १८ भाद्र । गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बन्द रहेको मल्लरानी गाउँपालिकाको कार्यालय शुक्रबारदेखि खुल्ने भएको छ ।
कोरोना देखिएपछि गाउँपालिकाको कार्यालय सिल गरि भदौ १२ गतेदेखि गाउँपालिकाको कार्यालय र वडा कार्यालयको सेवा प्रवाह बन्द गरिएको थियो ।
कन्ट्याक्ट ट्रेसिङ मार्फत ७९ जनाको परिक्षण गर्दा रिर्पोट नेगेटिभ देखिएपछि कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले सिल खुल्ला गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले जानकारी दिनुभयो ।
