प्यूठान, २७ साउन । प्यूठान जिल्लामा हाल सम्म कोरोना संक्रमण पुष्टि भएको संख्या ३ सय ७५ पुगेको छ ।
संक्रमित मध्ये ३ सय ३७ जना संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यलयका कोल्डचेन निरीक्षक कौशलराज वैद्यले बताउनुभयो ।
जिल्लामा हाल संक्रमित ३८ जना मध्ये २१ जना इन्द्रध्वज गण प्यूठानमा कार्यरत सैनिक रहेका छन् ।
सोमवार १४ जना सैनिकमा कोरोना संक्रमण देखिएकोमा मंगलवार थप ७ जनामा संक्रमण पुष्टि भई २१ पुगेको हो । यस्तै ३ जना थुनुवामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
परीक्षणका लागि हाल सम्म जिल्लामा ३ हजार ४ सय ७० जनाको स्वाव संकलन भएको छ । जस अन्तरगत सोमवार सम्म २ सय ५२ जनाको रिपोर्ट आउन वाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
