प्युठान । प्रेस चौतारी नेपाल जिल्ला शाखा प्युठानले जिल्लाका ४ पालिकामा चौतारीको पालिका स्तरीय कमिटी गठन गरेको छ । जिल्लाका सवै स्थानीय तहमा कमिटी गठन गर्ने निर्णय गरि अभियान चलाएको चौतारीले ४ वटा पालिकामा कमिटी गठन सम्पन्न गरेको हो ।
झिमरुक गाउँपालिकामा मुक्त नगरकोटीको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरेको छ । त्यसैगरी प्युठान नगरपालिकामा भुवन के.सी.को अध्यक्षतामा कमिटी गठन भएको छ । गौमुखी गाउँपालिकामा विक्रम मल्लको अध्यक्षतामा चौतारी गठन भएको छ । स्वर्गद्धारी नगरपालिकामा शरद विष्टको अध्यक्षतामा कमिटी गठन भएको छ ।
पार्टीका गतिविधिलाई आम सर्वसाधारणसम्म लैजान चौतारीका सदस्यहरुले काम गर्ने जिल्ला अध्यक्ष बासुदेव गिरीले बताउनुभयो । जिल्लाका अरु पालिकामा समेत कमिटी गठन गर्ने योजना बनेको उहाँको भनाई छ ।