> राष्ट्रिय > स्वर्गद्वारी नगरपालिकाको बजेट ७२ करोड ७४ लाख


स्वर्गद्वारी नगरपालिकाको बजेट ७२ करोड ७४ लाख

भिंगृ । स्वर्गद्वारी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ७२ करोड ७४ लाख ३४ हजार ५ सय १४ रुपियाँको बजेट प्रस्तुत गरेको छ ।

 

विनियोजित बजेटमा वित्तिय सामानिकरण अनुदान तर्फ संघबाट १० करोड २३ लाख र लुम्बिनी प्रदेशबाट ७२ लाख ५० हजार , शसर्त अनुदान तर्फ संघिय शर्सत अनुदान २७ करोड ८६ लाख र लुम्बिनी प्रदेश शर्सत अनुदान १ करोड १ लाख ५० हजार, राजस्व बाँडफाड तर्फ संघिय सरकार बाट ११ करोड ३४ लाख २० हजार र प्रदेश लुम्बिनीबाट ९२ लाख १४ हजार ५ सय १४ प्राप्त भएको छ ।

त्यस्तै समपुरक अनुदान तर्फ संघबाट २ करोड २५ लाख र लुम्बिनी प्रदेश बाट १ करोड ५० लाख, विशेष अनुदान तर्फ संघ बाट २ करोड ७० लाख रुपैयाँ प्राप्त भएको छ । त्यसैगरि नगरपालिकाको आन्तरीक आम्दानि २ करोड २० लाख र सामाजिक सुरक्षा भत्ता तर्फ १२ करोड बजेट प्राप्त हुने अनुमान गरिएको छ ।

बजेट वक्तव्यमा साझेदारी कार्यक्रम तर्फ धर्मशाला स्वर्गद्वारी नगरपालिका- ३ स्थित धर्मशाला , अमर मा.वि. देखी मालुङ जोड्ने मोटर बाटो कालोपत्रेका लागि १ करोड ७५ लाख , शान्ति पार्क निर्माण योजनाको लागि ५० लाख , पुर्वाधार विकास तर्फ प्राथमिकताका आधारमा अधुरा सडकहरुको पुर्णता तथा कच्चि सडकको स्तरोन्नती शिर्षकमा ४५ लाख , भु उपयोग निति निर्माण तथा जग्गा वर्गिकरणका लागि ७ लाख रुपैयाँ , जनतासंग मेयर उपमेयर कार्यक्रमका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै कृषिमा आधारीत रोजगार वृद्धिका लागि कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकास गरि कृषिलाई आधुनिकिकरण तथा व्यवसायिकरण गर्न ३० लाख , पशुपालन क्षेत्रलाइ आधुनिकिकरण तथा व्यवसायिकरण गर्न ३० लाख , गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यसैगरि सामाजिक विकास तर्फ स्वास्थ्य तथा आयुर्वेद सेवा तर्फ १ करोड १५ लाख , शिक्षालाई आधुनिक र वैज्ञानिक प्रक्रियावाट सञ्चालन गर्न २ करोड ४५ लाख, महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, जनजाति, विपन्न र लोपउन्मुख जाति तथा सहकारी संस्थालाई लाभाम्वित र व्यवस्थित गर्न २५ लाख , २० युनिट सम्म विद्युत खपत गर्ने अति विपन्न परिवालाइ विद्युत महशुल निशुल्क गर्ने शिर्षकमा १५ लाख बजेट विनियोजन गरिएको प्रबक्ता सुरज सुनारले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *